१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

राउथमाथि ट्रम्पको हत्या प्रयासको अभियोग



अमेरिकी पूर्वराष्ट्रपति तथा हालका राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पको फ्लोरिडा गल्फ कोर्स नजिकै पक्राउ परेका एक व्यक्तिलाई हत्या प्रयास गरेको अभियोग लगाइएको छ ।

अमेरिकी अभियोजकहरुले रायन वेस्ली राउथ नाम गरेका उक्त व्यक्तिले महिनौं अघि ट्रम्पलाई मार्न चाहेको भन्दै एउटा नोट लेखेको अदालतमा दायरगरिएको अभियोगमा उल्लेख छ ।

५८ वर्षीय राउथलाई बन्दुकसँग सम्बन्धित दुईवटा आरोपमा २० वर्षसम्म जेल सजाय भइसकेको व्यक्ति हुन् । यो नयाँ अभियोग अझ गम्भीर रहेको उल्लेख गर्दै ट्रम्पको हत्या प्रयास पुष्टि भएमा उनले अधिकतम जीवन जेल सजायमा वित्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

“सार्वजनिक व्यक्तित्वहरुलाई लक्षित गर्ने हिंसात्मक प्रबृत्तिले हाम्रो देशका लागि खतराको संकेत गर्दछ” अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले एक विज्ञप्तिमा भनेका छन्, “त्यसैले राउथलाई जवाफदेही बनाउन प्रत्येक उपलब्ध उपायहरु प्रयोग गरिने प्रतिबद्धता जनाउँदछु ।”

ट्रम्पले भने सरकारले यस मुद्दालाई दुरुपयोग गरेको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमाा “फ्लोरिडालाई यो मुद्दा हेर्न दिन” भनेका छन् । गारल्याण्डले भने त्यसको खण्डन गर्दै कानून सम्मत रुपमा त्यसो निरुपण गरिने जनाएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ४ : १५ बजे