१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

अमेरिकी चुनाव: उपराष्ट्रपतिका प्रत्याशीहरु भान्स र वाल्जबीच शालीन बहस



केही अघि मात्र राष्ट्रपतिका प्रत्याशीहरु डोनाल्ड ट्रम्प र कमला ह्यारिसको बहसमा आरोप, प्रत्यारोप र चर्काचर्की देखेका सुनेका अमेरिकी मतदाताले मंगलबार राती भने तुलनात्मक रुपमा शालिन र भद्र बहस दखे ।

मंगलबार राती भएको उपराष्ट्रपतीहरुको बहसमा रिपब्लिकन पार्टीका उम्मेदवार जीडी भान्स र डेमोक्र्याटिक पार्टीका टीम वाल्जले आगामी ५ नोभेम्बरको चुनावको सन्दर्भमा अमेरिकी मतदाता समक्ष महत्वपूर्ण मुद्दाहरूमा शालिन ढंगले बहस गरे । सीबीएस न्यूजले न्यूयोर्कमा आयोजना गरेको बहस यस वर्षको राष्ट्रपतीय बहसमा देखिएको गरमागरम देखिएन, बहस तुलनात्मक रुपले निकै शान्त र सभ्य रह्यो ।

९० मिनेटको यो बहसमा, दुवै उम्मेदवारले एकअर्काको अभियान चलाउने साथीलाई मात्र आलोचना गर्दै एकअर्कालाई व्यक्तिगत रूपमा हमला गर्नमा धेरै समय खर्च गरेनन् । वाल्जले गर्भपतन र संसदमा भएको दंगाको विषयलाई उठाएर जवाफदेहिताको आवश्यकतालाई जोड दिए ।

भान्सले भने पूर्व राष्ट्रपति ट्रम्प प्रशासनको उपलब्धिहरूको सन्दर्भमा आफ्नो तर्कहरू प्रस्तुत गरेका थिए । “डोनाल्ड ट्रम्पको नेतृत्वमा, महंगाई कम थियो र घरमा ल्याइने तलब बढी थियो,” उनले भने ।

यद्यपी बहस पूरै अवधी शान्त र तनाव रहित भने थिएन । जब ट्रम्पको २०२० को चुनावसँग सम्बन्धित असत्य दावीहरुबारे कुरा गर्न थालियो तव भान्सले चुनावमा ट्रम्पको हारको बारेमा सोधिएको प्रश्नमा उत्तर दिन आलटाल गरे । वाल्जले जनवरी ६ मा भएको घट्ना र ट्रम्पले बाइडेनलाई राष्ट्रपतिका रुपमा अस्वीकार गर्दा देशलाई हानि पुगेको तर्क गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दुवै उम्मेदवारले बहसको शैलीका बारेमा पनि टिप्पणीहरु प्रकाशन गरेका छन् । उनीहरुका अनुसार भान्सले पत्रकारहरूको प्रश्नको ठाडो जवाफ दिंदै आफ्नो दलको सन्देशहरु भन्ने मौकाको रुपमा बहसलाई प्रयोग गर्न खोजेको देखियो । वाल्ज भने सुरुमा केही समय कमजोर देखिए पनि बहसको क्रममा प्रगति गर्दै गएर आप्रवासन र गर्भपतनका बारेमा बहस हुँदा स्पष्ट । आत्माविश्वासी देखा परेको उल्लेख गरेका छन् ।

भान्सले आप्रवासन सम्बन्धमा “कमला ह्यारिसको सीमापार नीति” को विरोध गरेका थिए भने वाल्जले ट्रम्पको आप्रवासन नीतिको विरोध गर्दै मानवता आधारित दृष्टिकोण आवश्यक रहेको उल्लेख गरेका थिए ।

गर्भपतनको सम्बन्धमा पनि भान्सले आफ्नो पार्टी प्रोपरिवारको पक्षमा रहेको जिकिर गरे भने वाल्जले आफु र आफ्नो पार्टी स्वतन्त्रताको पक्षमा रहेको बताए ।

बहस पछि उपराष्ट्रपतीय बहसले चुनावमा कतिको प्रभाव पार्छ भन्ने बारेमा पनि कुराकानी भइरहेको छ । साथै सञ्चार माध्यमहरुले ऐतिहास रुपमा यस खालका बहसले चुनावी परिणाममा खासै असर नगर्ने बताएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ९ : २९ बजे