२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

दसैँ शुरु भयो, टीकाको साइत असोज २६ गते ११:३६ बजे



यस वर्षको दशैं सुरुनभएके छ । नेपालमा सबैभन्दा लानो समय विदा दिईने मुख्य चाड दशैंको बिहीबार घटस्थापना गरियो । यद्यपी नवरात्री भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ ।
बिहीबारबाट विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।

असोज २६ गते टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११:३६ बजेको उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको टीका लगाउने गरिन्ऱ्छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ९ : ५१ बजे