नर्थक्यारोलिनाको रालि क्षेत्रमा आयोजित यस वर्षको दशैकप फुटबल प्रतियोगिताको उपाधि बुढासुब्बा एफसिले पाएका छन । गत सेम्टेम्बरको १३ देखि हुदै आएको प्रतियोगिताको अक्टुबर ५ तारिख बुढासुब्बा र सगरमाथा एफसि वीच फाइनल भएको थियो । खेलको अन्तिम चरणसम्म एक एक गोलमा प्रतिष्प्रर्धा भइरहेको बेला बुढा सुब्बाले अन्तिम चरणमा फ्रिकिकले गरेको गोलले विजयी भएका हुन ।
यस पटक केरि, मोरिसभिल, दुराम, होलिस्प्रिङ,फुकेभरिना र गारनार क्षेत्रमा खेल्दै आएका करिब १ सय ५० जना खेलाडीहरुले भाग लिएका थिए । सन २०१७ देखि खसी कप नामले हुदै आएको यो प्रतियोगिता विगत केही वर्षदेखिन दशै कपको रुपमा हुदै आएको छ ।
प्रतियोगितामा लोमान्थाङ एफसि,धवलागिरि एफसि, कालापानी एफसि, सगरमाथा एफसि, बुढा सुब्बा एफसि, गोसाइकुण्ड एफसि, तिलिचो एफसि र कालापत्थर एफसि टिमको वीच प्रतिष्पर्धा भएको थियो । एपेक्सको प्लेजेन्ट पार्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा बिजयी प्रतियोगितामा बिजयी बुढासुब्बाका क्याप्टेन संयम लामीछानेलाई एपेक्सका मेयर ज्याक्युइस के जिलबर्टले ट्रफी र खेलाडीहरुलाई पदक बितरण गरेका थिए । त्यस्तै दोश्रो हुनेलाई एनसिएनसिका अध्यक्ष डा विकास शाक्यले पदक वितरण गरेका थिए ।
कार्यक्रममा एपेक्स, फुकेभरिनाका काउसिन्लमेम्बर समेत उपस्थित थिए । कार्यक्रममा एपेक्स, फुकेभरिनाका काउसिन्लमेम्बर समेत उपस्थित थिए । प्रतियोगितामा विकास सापकोटा, उतम निरौला, जीवन न्यौपाने र अनुप अर्याल लगायतका युवाहरु आयोजक कमिटिमा रहेर खटिएका थिए । उनीहरुलाई ८ वटै टिमका क्याप्टेनहरुले सहयोग गरेका थिए ।