दसैँको मुख्य दिन बिजय दशमीको आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका र जमरा लगाइँदै छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:३६ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिले जनाएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले पनि ३२ देशमा कहाँ कति बजे टीका लगाउनु उत्तम साइत भनेर समय निर्धारण गरेको छ । गत असोज १३ गते नै विज्ञप्ति जारी गरी टीकाको उत्तम साइत तोकेको हो ।










