१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ, लगियो पोखरा




सहकारीको बचत अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय १८.४५ बजे पक्राउ पुर्जी बुझाएर पक्राउ गरेको हो । उनलाई स्थलमार्गबाट पोखरा लगिँदैछ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिए पछि पक्राउ गरिदिन जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे काठमाडौं प्रहरीले पक्राउ गरी कास्की लगेको हो ।

अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो।

प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि जोशी गत असोज ६ गते नै पक्राउ परिसकेका छन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।
उनलाई पक्राउ गर्ने क्रममा रास्वपाका कार्यकर्ताहरुले प्रधानमन्त्री क्पू ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिरुद्ध नाराबाजी गरेका थिए । त्यस्तै उनलाई पोखरा लैजाने क्रममा राजमार्गका बिभिन्न स्थानमा कार्यकर्ताले अबरोधके प्रयास गरेकोमबताईएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ११ : ३३ बजे