समाजसेवी इन्द्र तामाङको जीवन यात्राको संगालो पुस्तक सार्वजनिक भएको छ । अंग्रेजी भाषामा ‘माई क्युरियस इअर्स वीथ चाल्र्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ इन्द्र बी’. तामाङ पुस्तक न्युयोर्कमा विमोचन गरिएको हो । पुस्तक न्युयोर्क कन्सुलेटको वाणिज्यदूत विष्णु कुमारी अधिकारी र धर्मगुरु आचार्य लामा गुरु दावा साङमोले संयुक्त रुपमा विमोचन गरेका थिए । उक्त पुस्तक विमोचन गरेको केही दिनमै अमेजनबाट विक्रि गर्न थालेका छन । पुस्तक टटल प्वाइन्ट पब्लिेकसनले प्रकाशन गरेका थिए ।
‘अमेरिकामा रहेका पत्रकारहरुले बटलर र मेरो बारेमा गदै आएको जिज्ञासालाई मेटाउनका लागी यो पुस्तक निकालेको हो । सर्वसाधारण सवैको कौतुहलतालाई ध्यानमा राखेर मनदेखिन पुस्तक निकाल्छु भन्ने त्यो सपना पुरा गर्न पाएकोमा निकै खुसी महसुस भइरहेको छ । ‘
वाणिज्यदुत अधिकारीले बिमोचन पछि विश्वमा इमान्दार र संघर्षसील नेपालीको परिचय दिलाउने तामाङको पुस्तकले सवैलाई प्रेरणा दिने बताएकी थिइन । तामाङ सोसाइटी अफ अमेरिकाको व्यानरमा आयोजित कार्यक्रममा लेखक तामाङकी छोरि जिना तामाङले बुबाको बारेमा परिचय दिएकी थिइन । जिनाले बुबाले गरेको मेहनत र संघर्षको जीवनयात्रा पढेर आफुलाई इन्द्र तामाङको छोरि हुन पाएकोमा गर्व महसुस भएको बताएकी थिइन ।
किताबको बारेमा तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष राम तामाङ र समाजसेवि शसांक लामाले समिक्षा गरेका थिए । तामाङ २१ बर्षको उमेरदेखि चाल्र्स हेनरीफोर्डको सहयोगीको रुपमा अमेरिका आएका थिए । हेनरीफोर्ड चलचित्र निर्माता, कलाकार, साहित्यकार, फोटोग्राफर, कोलाज आर्टिष्टको परिचित थिए । पुस्तक तामाङले आफना मित्र रोमी एस्बीसंगको सहकार्यमा तयार पारेका हुन ।
तामाङ सोसाइटीका अध्यक्ष बुद्धिमान तामाङले समाजसेवि इन्द्र तामाङको जीवनयात्रा निकै रोचक र प्रेरणादायिक रहेको बताएका थिए । त्यस्तै सोसाइटीका महासचिव शम्शेर योञ्जनले सोसाइटीले ईन्द्र तामाङको आत्मकथा विमोचन गर्न पाउदा गर्व लागेको बताएका थिए । लेखक समाजसेवि तामाङ सोसाइटी अमेरिकाको अध्यक्ष तथा सल्लाहकार समेत हुन । २ सय ६४ पेजको पुस्तकको मुल्य २४ डलर तोकिएको छ । ‘हामी दुबैको कमिसन कटाएर कति पाउछ थाहा छैन । पुस्तक लोकप्रिय भएर धेरै आएमा समाजिक सेवामा लगाउछु । पुस्तक सवै नेपालीले रुचाएमा भविष्यमा नेपाली भाषामा पनि अनुवाद गर्ने सोच बनाएका छौ । ‘ मेरो जीवन अनुभवलाई पुस्तकको रुपमा ल्याउन योगदान गर्ने लेखक, गीतकार, सम्पादक रोमी एस्बी, र टर्टल पोइन्ट प्रेसलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ‘।