शेर्पा संघ, अमेरिको चौथों महाधिबेसनले पासाङ दोर्जी शेर्पा (एपी लामा) लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । न्यूयोर्कको ज्याक्सन हाइटस्थित शेर्पा किदुंगको गुम्बामा हालै सम्पन्न अधिबेसनले पासाङ्को दोर्जीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा आङ छिरी शेर्पा, उपाध्यक्षमा मिना लामा शेर्पा र महासचिवमा छिरिङ शेर्पा चयन गरिएका छन् । त्यस्तै सचिवमा लाक्पा थिले शेर्पा, कोषाध्यक्षमा निमा दोर्जी शेर्पा, सहकोषाध्यक्षमा गेलु शेर्पा चयन भएका छन्र । त्यस्तै सदस्यहरुमा मिगिर शेर्पा, गेल्जी शेर्पा, साम्देन शेर्पा र याङजी शेर्पा चयन गरिएका छन् । संघ न्युयोर्कको नेपाली समुदायमा सामाजिक र राजनीतिक चेतना जगाउने उद्देश्यले अमेरिकी कानून अन्तर्गत ५०१(सी)४ को रूपमा दर्ता गरिएको संस्था हो ।