१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘पहिलो दिन’ के गर्लान?



अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमा के कस्ता कामहरू गर्लान् ?

एपीका अनुसार हालसालै ट्रम्पले आफुले पहिलो दिने के गर्ने छ भन्ने बारेमा बताएका छन् । उनका अनुसार ट्रम्पले पहिलो दिनमा “तानाशाह झैं” काम गर्नेछन् । आफु पहिलो दिन बाहेक “तानाशाह” नहुने उनको भनाई रहेको छ । उनी र उनका सहयोगीहरुका अनुसार ट्रम्पले पहिलो दिन र पहिलो साताभरीमा धेरै कार्यकारी आदेशहरु जारी गर्ने छन् । त्यस अनुसार ठूलो संख्यामा आप्रवासीहरूलाई देशबाट बाहिर निकाल्ने, शिक्षा क्षेत्रमा बाइडेन प्रशासनले ल्याएका नीतिहरू उल्ट्याउने, र संघीय सरकारका कर्मचारीहरूलाई बर्खास्त गर्ने कुरा सामेल हुने छ । नले यसअघि देखि नै संघीय प्रशासनका धेरै कर्मचारीले आफ्नाविरुद्ध काम गरेको बताउने गरेका छन् ।

ट्रम्पले भनेका छन्, “म सिमाना बन्द गर्न चाहन्छु, अनि तेल निकाल्न चाहन्छु,” उनले पहिलो दिनका कार्यहरुका बारेमा भनेका छन् ।

उनले २०१७ मा पनि आफ्नो पहिलो कार्यकालको सुरुवातमा यस्तै लामो सूची प्रस्तुत गरेका थिए जसमा आप्रवासीहरूलाई बाहिर पठाउने र सरकारी भ्रष्टाचार अन्त्य गर्ने कुरा समावेश थियो, यद्यपि, यी कार्यहरू एकैपटक कार्यान्वयन भएनन् ।

आफ्नो दोस्रो कार्यकालको सुरुवातमा ट्रम्पले भने अनुसार संघीय आपराधिक मुद्दाहरू हटाउने छन्, जनवरी ६, २०२१ मा क्यापिटलमा आक्रमण गर्ने आफ्ना समर्थकहरूलाई माफी दिने छन्, र संघीय कर्मचारीहरूमाथि थप कठोर कदम उठाउने छन् । साथै, उनले पहिलो दिनमै चीनका आयातित सामानहरूमा थप कर लगाउने र स्कूलहरूमा ट्रान्सजेन्डर विद्यार्थीहरूको अधिकार संरक्षणका लागि बाइडेन प्रशासनले जारी गरेका नियमहरू उल्ट्याउने बताएका छन् ।

ट्रम्पले आफ्नो पहिलो दिनमा देशभित्रको आप्रवासी समस्या समाधान गर्नका लागि ठूलो मात्रामा आप्रवासीहरूलाई देशबाट निकाल्न र नयाँ नियम लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : ०० बजे