१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण, ६२ प्रतिशत मत खस्यो



स्थानीय तहको उपनिर्वाचनअन्तर्गत विभिन्न ४१ पदका लागि आज मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदना सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ ।

आयोगले केही आईतबार सांझा विज्ञप्ती निकालेर निर्वाचनमा ६२ प्रतिशत मत खसेको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटाले उम्मेदवारी दिएका थिए ।

उनका अनुसार मतदान सम्पन्न भएर सुरक्षित रुपमा मतपेटिका संकलन भएपछि तत्काल मतगणना सुरु गर्न आयोगले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : ४६ बजे