१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

बीआरआई सहकार्य फ्रेमवर्क’ १० परियोजना, देउवा र ओलीको गृह जिल्लामा तीन परियोजना



प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तेस्रो दिन नेपाल र चीनका अधिकारीबीच ”बीआरआई सहकार्य फ्रेमवर्क” मा हस्ताक्षर भएको छ । त्यसमा प्रधानमन्त्री ओली गृह जिल्लामा दुई र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा एक परियोजना परेको छ ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा अमरगढी सिटी हल र प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स र दमक दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क निर्माण परियोजना ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा परेका हुन् ।

नेपाल र चीनबीच बुधबार हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा यी दुई सहित १० परियोजना परेका छन् । ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित एक दर्जन परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्क सहमति जुटेको हो ।

नेपालले प्रस्ताव गरेको काठमाडौं–हेटौंडा पोडवे र काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति भने सहमतिको सूचीमा परेनन् ।

बीआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरू:

१. टोखा–छहरे सुरुङमार्ग

२. हिल्सा–सिमकोट सडक परियोजना

३. किमाथांका–खाँदबारी सडक र पुल

४. जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग

५. डडेलधुरास्थित अमरगढी सिटी हल

६. जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन

७. मदन भण्डारी विश्वविद्यालय

८. काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम

९. दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क

१०. झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ५ : ०८ बजे