१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

पत्रकार महासंघको अध्यक्षमा चार जनाको उम्मेदवारी, चौतारी र युनियनको साझ उम्मेदवार शर्मा, विष्ट विद्रोही



नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको अध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएका कमल गिरीले नाम फिर्ता लिएपछि अध्यक्षका लागि चार जनाको उम्मेदवारी अन्तिम् नामावली प्रकाशनमा आउको हो ।

निर्वाचन समितिले शनिबार प्रकाशित गरेका अन्तिम् नामावली अनुसार देवी प्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा पनि उम्मेदवारी दिएका दामोदर प्रसाद दवाडीले नाम फिर्ता लिएपछि गोविन्द प्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरी बाँकी रहेका छन् । यस्तै महिला उपाध्यक्षमा २ जना, उपाध्यक्ष समावेशीमा ३ जनाको उम्मेदपारी परेको छ । महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपाने गरी चार जनाको उम्मेदवारी परेको छ ।

यसपटक सत्तारुढ दलहरु एमाले र कांग्रेसको भातृ संगठनहरु प्रेस चौतारी र प्रेस युनियनले संयुक्त रुपमा प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने माओवादीको भातृ संगठन प्रेस सेन्टरको नेतृत्वमा साना दलहरुले प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

चौतारी र युनियनको सहमति अनुसार अध्यक्षमा चौतारीको तर्फबाट निर्मला शर्माले उम्मेदवारी दिएकी हुन् तर यसअघि युनियनबाट महासंघको बरिष्ठ उपाध्यक्ष रहेका रमेश विष्टले पिन उम्मेदवारी दिएका छन् । युनियनले चौतारीसँग गरेको सहमतिमा विद्रोह गरेका विष्टलाई माओवादीको साथ रहेको बताइन्छ ।

उम्मेदवारहरुको अन्तिम् नामावली:

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ११ : ०९ बजे