१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

दुर्गा प्रसाईंबिरुद्ध भारतीमा नेपाली व्यापारी धम्क्याएकोमा अनुसन्धान



साइवार अपराधमा समातिएका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ ।

साइवर अपराधमा वयान सकिएपछि प्रहरीको केन्द्रीय साइबर ब्युरोले आपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धान सुरु गरेको हो । उनीमाथि भारतमा व्यक्ति नै खटाएर नेपालका व्यापारीलाई धम्क्याएर रकम असुलेको आरोप लागेको छ ।

सन् २०१८ मा बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिएर चर्चामा आएका भारतीय गुण्डा लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारी र व्यवसायीलाई धम्क्याउने कसुरमा प्रसाईंको संग्लनता देखिएपछि सीआईबीले उनीमाथि अनुसन्धान थालेको बताइएको छ । सीआईबीले यही कसुरमा १४ मंसिरमा झापा मेचीनगरका हरिचन्द्र फुयाँललाई पक्राउ गरिसकेको छ ।

सीआईबीका अनुसार बयानका क्रममा हरिचन्द्रले आफूलाई व्यापारीलाई धम्क्याएर रकम असुल्न प्रसाईंले लगाएको मात्रै बताएका छैनन्, प्रहरीले उनको फोनमा यी दुईबीचको कुराकानीको अडियो र कागजपत्र साटासाट गरेको प्रमाण पनि भेटाएका छन् । सीआईबी स्रोतका अनुसार प्रसाईंको मोबाइलमा भेटिएको अडियो रेकर्डले उनको संलग्नताको पुष्टि गर्छ ।

सीआईबीका अनुसार अहिलेसम्म तीन चार जना व्यवसायीले लरेन्स विश्नोईको नाम लिएर धम्क्याएको भन्दै उजुरी दिइसकेको र यस्तो धम्की खेप्ने अरू व्यापारी व्यवसायी भएको सूचना पनि आफूहरूले संकलन गरिरहेको बताए ।

प्रसाई सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद भनाइसँगै फर्जी कागजातहरू सार्वजनिक गरेलगत्तै मंसिर ४ मा उनी भक्तपुरस्थित घरबाटै पक्राउ परेका थिए । सुरुमा उनीमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान थालेको थियो । यो विषयमा अनुसन्धान सकिएलगत्तै उनीमाथि सीआईबीले अनुसन्धान थालेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ५ : ०९ बजे