१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

अभद्र व्यवहार गरेको आरोमा आशिका तामाङ पक्राउ



सामाजिक सञ्जालमा ‘अभियन्ता’ का रुपमा भाइरल आशिका तामाङ पक्राउ परेकी छन् । पशुपति मन्दिर परिसरमा महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरी वृत्त गौशालामा राखि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

पुस २५ गते प्रहरी प्रतिवेदन तथा २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरीको आधारमा उनलाई प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको हो ।

गत पुस २८ गते अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट पक्राउ अनुमति लिएर आज (माघ २ गते) स्वयम्भु क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : ५१ बजे