३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

भट्टराई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष निर्वाचित



नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । निर्वाचन समितिकाअुनसार भट्टराईले ७६१ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्दी नेत्र चापागाईंले ७३ मत पाए ।

बिहीबार सम्पन्न पार्टीको प्रथम अधिवेशनबाट प्रतिष्पर्धी चापागाईंलाई भारी मतान्तरले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्।  

माघ २९ गते मतदान भएकोमा बिहीबार मतपरिणाम आएको हो। महाधिवेशनमा एक हजार तीन सय २४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो।

उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्। साथै महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भए।

त्यसैगरी, महासचिवमा सोनामसिंह स्याङतान, सचिवमा आशाकुमारी तामाङ, लक्ष्मी कार्की सन्देश, भरत दाहाल निर्वाचित भए।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १० : २३ बजे