पर्वतीय खेलकुद संघ (अल्पाइन स्पोटस एसोसियसन) र साथसाथै सस्थाको संयुक्त आयोजनामा न्युयोर्कमा “हिमाल जोगाऔं, पृथ्वी बचाऔं“ विशेष अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रम नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्य भएको थियो । त्यस्तै सञ्चारिका समुहका पुर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नीतु पण्डितको विशेष आतिथ्यमा भएको थिया् ।
उक्त अवसरमा नेपाल टेलिभिजनकी वरिष्ठ पत्रकार अनिता बिन्दु, बरिष्ठ पत्रकार संगिता लामा, रेडियो कान्तिपुरकी सञ्चारकर्मी कमला पन्थी, मदन पुरस्कार विजेता साहित्यकार तथा लेखक नीलम कार्की निहारिका र साथसाथ संस्थाकी प्रमुख प्रजिता कार्कीको उपस्थिति रहेका थिए । संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन आएका ति अतिथिहरुलाई एसोसियसनकाका सल्लाहकार तथा शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पाले स्वागत गरेका थिए ।
प्रमुख अतिथि बस्नेत र विशेष अतिथिहरूले जलवायु परिवर्तनको कारण पृथ्वीमा देखिदै आएको असरहरु र समास्याको बारेमा मन्तव्य राखेका थिए । जलवायु परिवर्तनले हिमाल र पृथ्वीमा परेको असर कम गर्न तथा नेपालका हिमालको संरक्षण गर्न आवश्यक पहलका गर्नु पर्ने उनीहरुले बताएका थिए । त्यस्तै साथसाथै संस्थाकी प्रमुख प्रजिता कार्कीले नेपालमा दिगो पर्यटन विकास तथा हिमाली क्षेत्रको प्रवद्र्धनका लागि समुदायस्तरबाट कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा धारणा प्रस्तुत गरेकी थिइन । नेपालका हिमालहरू विश्व सम्पदाका धरोहर भएकाले तिनको संरक्षण र प्रवद्र्धनमा सबैले हातेमालो गर्नुपर्नेमा कार्कीले बताएकी थिइन ।

नेपालको पर्यटन प्रर्वद्धनसंगै हिमालहरुमा देखा परेको असर र त्यस क्षेत्रको दीर्घकालीन संरक्षणमा सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको प्रमुख अतिथि बस्नेतले बताए । कार्यक्रम अत्यन्तै भावनात्मक र प्रेरणादायी रहेको भन्दै सहभागीहरूले आयोजक संस्थाहरूलाई धन्यवाद दिएका थिए । न्युयोर्कमा केही वर्ष अघि स्थापना गरेको अल्पाइन स्पोटस नेपालको पर्यटन र पर्वतारोहण क्षेत्रमा काम गदै आइरहेको व्यक्तिहरु सम्मिलित सस्था हो । कार्यक्रममा विश्व शेर्पा संंघका महासचिव आङ जाङबु शेर्पा, आदीवासी जनजाती पत्रकार महासंघका पुर्व अध्यक्ष मोहनसिंह लामा र नेजाका पुर्व अध्यक्ष विकासराज न्यौपाने लगायतले ‘ हिमाल बचाउ र पृथ्वी बचाउ ‘ बारेमा मन्त्व्य दिएका थिए । कार्यक्रम एसोसियसनका महासचिव संन्जोग आचार्यले सञ्चालन गरेका थिए ।