३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

न्युयोर्कमा भव्यताका साथ मनायो ग्याल्बु ल्होसार




युनाइटेड शेर्पा एसोसियन (शेर्पा किदुग)ले शेर्पा समुदायको महान चाड २१५२ औ ग्याल्बु ल्होसार विविध कार्यक्रमको साथ न्युयोर्कमा भव्य रुपमा मनायो । ल्होसार आगामानसंगै किदुगले आफनै गुम्बामा धर्मगुरुहरुको उपस्थितिमा पुजापाठसंगै ध्वजापताका लगाएर विश्व शान्तिको कामना गर्नका साथै गुम्बामा उपस्थित सवैमा ल्होसारको शुभकामना आदानप्रदान गरेका थिए । विगत वर्षहरु झै यस पटक पनि किदुगले न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा गुम्बा अगाडीको बाटो बन्द गरि धार्मिक तथा सास्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।

न्युयोर्क सिटिको प्रतिनिधिहरु,विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको ल्होसार कार्यक्रम निकै भव्य रुपमा भएका थिए । न्युयोर्कमा लामो समयदेखिन शेर्पा किदुगले आफनो मौलिक चाड ल्होसार भव्य रुपमा मनाउदै आएका छन । हरेक बर्ष झै यस बर्ष पनि किदुगले ल्होसारको गुथुक, ल्होसार ल्हास्सो पुजापाठ र शुभकामना आदानपछि ल्होसार पाटी आयोजना गरिएको थियो ।

‘प्रवासमा हामी शेर्पा जातीको भाषा, धर्म र सस्कृतिको जर्गेनाको लागी ल्होसार भब्य रुपमा मनाउदै आएका छौ’ शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पाले भने -‘ हामीले वर्षनी मनाउदै आएको महत्वपुर्ण यो चाड भावी पुस्ता माझ जर्गेनाका लागी पनि किदुगले वर्षनी बडो महत्वका साथ मनाउदै आएका हो ‘ । ल्होसारकै अवसरमा न्युर्योक लगायत अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गदै आइरहेको शेर्पाहरुले पनि भव्यताका साथ ल्होसार मनाउदै आएका छन ।

ल्होसार पाटी
किदुगले आफनै गुम्बामा पुजापाठ र धार्मिक र सास्कृतिक कार्यक्रम गरेपछि मार्च ९ तारिखमा ल्होसार पाटी कार्यक्रमको आयोजना गरियो । हरेक वर्ष हुदै आएको ल्होसार पाटी यस पटक तिब्बती कम्युनिटि सेन्टरको हलमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि न्युयोर्क शेर्पा समुदायको आवतारी लामाटुल्कु उर्गेन शेर्पा खम्बाचेले दिप बाली कार्यक्रमको उदघाटन गरिएको थियो भने रिग्सुङ लोप्टाको बालकलाकारहरुले धार्मिक मन्त्र पाठ गरेका थिए । कार्यक्रमम उपस्थित अतिथिहरुलाई किदुगका उपाध्याक्ष साङबु शेर्पाले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सफल बनाउन सहयोगीहरु र उपस्थित अतिथिहरुलाई अध्यक्ष तेम्बा शेर्पाले धन्यवाद ज्ञापन गरेका थिए ।


कार्यक्रममा रिग्सुङ लोप्टको बालकलाकारहरुले टुङना बजाएका थिए । त्यस्तै अपस्टेट शेर्पा कम्युनिटिको शेर्पा र रामेछाप शेर्पा कम्युनिटिले शेर्पा मौलिक नृत्य सेप्टु गरेका थिए । त्यस्तै कार्यक्रममा कलाकारहरु फरादेण्डी शेर्पा, वाङदी शेर्पा, छिरिङ लामा, छिरिङ एन शेर्पा, आङ शेर्पा र समिक्षा अधिकारीले गीत गाएका थिए । यस पटकको कार्यक्रममा शेर्पा जातीको मोलिक सस्कृति झल्कने विविध मनोरञ्जनात्माक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । दुई चरणमा सम्पन्न पहिला चरणको कार्यक्रम किदुगको महासचिव सांगदोर्जि शेर्पाले सञ्चालन गरिएको दोश्रो चरण दाजिमा शेर्पाले सञ्चालन गरेकी थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : ५८ बजे