६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

सरकारी लेटरप्याडमा पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बर्खास्त



सरकारले आइतबार काठमाडौँमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गरेर सरकारी लेटरप्याडमा विज्ञप्ति जारी गर्ने पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई बर्खास्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको जनाएको छ ।

बास्तोला माओवादी नेता सुदन किराँती पर्यटनमन्त्री हुँदा २०८० फागुन १३ गते पर्यटन प्रवर्द्धक नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : ३३ बजे