३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

प्रेम चलाउनेमाथि गर्ने रावल कारागार चलान 



त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्न नेपाल विद्यार्थी संघका नेता योगेन्द्र रावल पक्राउ परेका छन् । 

उनलाइ आइतबार कारागार चलान गरिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार पक्राउ गरेर अदालत पेस गरेको थियो । त्यसपछि उनलाई अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको हो । 

ज्यान मार्ने उद्योगमा उनीमाथि २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । जिल्ला अदालतको उक्त फैसला उच्च अदालतले पनि सदर गरेको थियो ।   जिल्ला अदालत, काठमाडौँले २०८० मंसिर ७ गते चलाउनेमाथि आक्रमणमा संलग्न रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, सयुज श्रेष्ठ, रविनकुमार लामालाई दोषी ठहर गरेको थियो ।

चलाउनेमाथि आक्रमणको मुख्य योजनाकार हरिप्रसाद आचार्य भने अझै पनि फरार छन् ।  

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ११ : ४३ बजे