३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

कुलमान सर्वोच्चमा, रिट बिहीबार मात्र दर्ता हने



सरकारले बर्खास्त गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनले आफुलाई सरकारले गैरकानुनी रूपमा हटाएको दाबीसहित अदालत पुगेका हुन् ।

तर उनको रिट बुधबार दर्ता भएन । रिट दर्ता नभएकोले बिहीबार सुनुवाइका लागि पेसी नचढ्ने भएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारीका अनुसार बुधबार कार्यालय समय सकिने बेलामा मात्र घिसिङको रिट पेस भएको छ । रिट पेस भएपछि अध्ययनका क्रममा रहेको र अध्ययनपछि बिहीबार मात्र दर्ता प्रक्रियामा जाने उनले बताए ।

घिसिङलाई चार महिनाको कार्यकाल मात्र बाँकी रहेको अवस्थामा सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ८ : ४० बजे