३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मकवानपुरको सिस्नेरी खोलामा डुबेर तीन बालकको मृत्यु



मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित सिस्नेरी खोलामा डुब्दा तीन बालकको ज्यान गएको छ । सोमबार दिउँसो खोलामा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थानका श्यामबहादुर आचार्यका १२ वर्षीय छोरा सुसन आचार्य, १५ वर्षका भान्जाहरू प्रविन घोरासैनी र प्रविस घोरासैनी रहेका छन् ।

काभ्रे घर भएका प्रविन र प्रविस दुई दिनअघि मात्रै मामाघर आएका थिए । स्कुल बिदा भएपछि बिदा मनाउन मामाघर आएका उनीहरु मामाको छोरा अर्थात् सुसनसँगै नुहाउनका लागि खोलामा गएका थिए । प्रविन र प्रविस जुम्ल्याहा दाजुभाइ हुन् ।

गत असोजमा आएको बाढीले बनाएको खोलाको खाल्टोमा डुबेर उनीहरुको मृत्यु भएको बताइएको छ । मृत अवस्थामा फेला परेका बालकहरुको मुचुल्का उठाएर पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १२ : २१ बजे