३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

नेपाल बारमा बरिष्ठ अधिबक्ता मिश्र निर्वाचित



नेपाल बार एशोसिएसनको अध्यक्षमा पाँच हजार ५२ मत ल्याएर बरिष्ठ अधिबक्ता विजयप्रसाद मिश्र निर्वाचित भएका छन् ।

नेपाल बार एशोसिएसनमा नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानुन व्यवसायी संगठन तथा नेकपा (माओवादी केन्द्र) र रास्वपानिकट कानुन व्यवसायी संगठनबीच गठबन्धन थियो ।

कांग्रेस-एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको हो । अध्यक्षमा माओवादी-रास्वपा गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठले दुई हजार छ सय २१ मत ल्याए ।

कांग्रेसनिकट कानुन व्यवसायीहरूले अध्यक्षसहित १२ पद र एमालेनिकट कानुन व्यवसायीहरूले महासचिवसहित १२ पदमा उम्मेदवारी दिएका थिए ।

महासचिवमा केदारप्रसाद कोइराला ४८७४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले २३६७ र हरिशरण कार्कीले २४० मत ल्याए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ८ : ४४ बजे