नेपाल सेन्टर अफ नर्थ क्यारोलिना, इन्क (एनसीएनसी) ले शनिबार, अप्रिल १९, २०२५ मा मोरिसभिल, नर्थ क्यारोलिनाको सिडर फोर्क डिस्ट्रिक्ट पार्कमा आफ्नो नवौं वार्षिक “नेपाल दिवस” मनाउने भएको छ ।
उत्सवको सुरुवात सामुदायिक भेला र रंगीन “नेपाल दिवस परेड” बाट हुनेछ, जसमा १५०० भन्दा बढी सहभागीहरूले परम्परागत नेपाली पहिरनमा पार्क मार्च गर्नेछन् । परेडपछि, कार्यक्रममा सामुदायिक नेताहरू र विशिष्ट व्यक्तिहरूबाट औपचारिक मन्तव्यहरू हुनेछन्, र नेपाली नयाँ वर्ष २०८२ को सांस्कृतिक प्रस्तुतिहरू गरी मनाइने छ ।
कार्यक्रममा एनसी जनरल एसेम्बली, वेक काउन्टी, मोरिसभिल, क्यारी, एपेक्स र स्थानीय गैर-नाफामुखी संस्थाहरूका प्रतिनिधिहरूका साथै वाशिंगटन, डी.सी. स्थित नेपाल दूतावासका अधिकारीहरूलगायत विशिष्ट व्यक्तिहरू र विशेष अतिथिहरूको उपस्थिति रहनेछ ।
उनीहरूको उपस्थिति नर्थ क्यारोलिनाको सांस्कृतिक र नागरिक जीवनमा नेपाली-अमेरिकी समुदायको बढ्दो योगदानको मान्यता हो । सहभागीहरूले स्थानीय विक्रेताहरूबाट प्रामाणिक नेपाली खाना, सांस्कृतिक तथा सम्पदाहरु प्रदर्शनीका साथै नेपाली लाइभ संगीतको आनन्द लिन सक्नेछन् ।
नेपाल दिवस नर्थ क्यारोलिनामा विशेष महत्व राख्दछ, जहाँ वेक काउन्टी, मोरिसभिल र एपेक्स शहरहरूले अप्रिलको तेस्रो शनिबारलाई आधिकारिक रूपमा नेपाल दिवसको रूपमा घोषणा गरेका छन्, जुन विक्रम संवत् पात्रोमा आधारित नेपाली नयाँ वर्षसँग मेल अनुसार रहेको छ । विक्रम संवत् पात्रो एक परम्परागत सौर्य पात्रो हो जुन ग्रेगोरियन पात्रो भन्दा लगभग ५६-५७ वर्ष अगाडि छ ।
सन् १९९९ मा स्थापित, एनसीएनसी एक दर्ता गरिएको ५०१(सी)(३) गैर-नाफामुखी संस्था हो जुन नेपाली संस्कृतिको संरक्षण र सामुदायिक संलग्नतालाई बढावा दिन समर्पित छ । संस्थाले चाडपर्वहरू मनाउने, रक्तदान अभियानहरू र एडप्ट-ए-हाइवे कार्यक्रम जस्ता विभिन्न कार्यक्रमहरूको माध्यमबाट समुदायमा सक्रिय रूपमा योगदान पुर्याउँदै आएको छ ।
कार्यक्रम सिडर फोर्क डिस्ट्रिक्ट पार्कमा हुनेछ, जुन २२८ एभिएसन पार्कवे, मोरिसभिल, एनसी २७५६० मा अवस्थित छ । कार्यक्रम बिहान ११:३० बजे देखि साँझ ६:०० बजेसम्म चल्नेछ ।
कार्यक्रमका बारेमा थप जानकारी www.ncnepal.org वा Facebook पेज www.facebook.com/nepaltocarolina मार्फत प्राप्त गर्न सकिनेछ।