१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

शिक्षकको माग सम्बोधन गरिने, विद्यालय फर्कन आह्वान



आन्दोलनरत शिक्षकहरूका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै सरकारले तत्काल विद्यालय फर्कन आह्वान गरेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकको मागअनुसार विद्यालय शिक्षा विधेयक पारित गर्ने उल्लेख गर्दै विद्यालय फर्कन आह्वान गरेको हो ।

यसैका लागि बजेट अधिवेशन आह्वान गरिएको छ । शिक्षामन्त्री विद्या भट्टराईका अनुसार मन्त्रिपरिषद्ले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसदका दुवै सदनको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

यस्तै विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने निर्णय पनि बैठकले गरेको छ । शिक्षकहरूसँग वार्ता र संवाद जारी राख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको मन्त्री भट्टराईले बताइन् ।

यस्तै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिई शिक्षकहरूलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ११ : ३७ बजे