३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड



काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु हुने जनाएको छ । यही वैशाख १५ गतेदेखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेसन बारकोड नम्बर सहितको डिएस-१६० भिसा आवेदन फारम साथमा लिएर जानुपर्नेछ ।

आवेदकहरूले अनलाइन माध्यम अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फरमेसन नम्बर र बारकोड नम्बर मेल खानु पर्नेछ । मेल नखाएको खण्डमा भिसा अन्तर्वार्तामा सहभागी गराउन नसक्ने दूतावासले जनाएको छ । यसरी मेल नखाएको खण्डमा नयाँ अपोइन्टमेन्ट बुक गरेर भिसा आवेदन अगाडि बढाउनुपर्ने जनाएको छ ।

https://www.facebook.com/share/p/1ADzY8YXGj

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ५६ बजे