२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

वाइसीएलमा पुष्प ओलीको नाममा सहमति



लामो प्रयास र पार्टीको हस्तक्षेप पछि नेकपा माआवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली हुने भएको छ ।

एक दर्जन भन्दा बढी आकांक्षी भएपछि लम्बिएको वाइसिएलको महाधिवेशनमा पार्टीले हस्ताक्षेप गरेर सहमति जुटाएको हो ।

ओली वर्तमान समितिका उपमहासचिव हुन् । त्यस्तै महासचिवमा गणेश शाहीको नाममा सहमति जुटेको बताइएको छ । आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो ।

बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन शुक्रबारदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको थियो । वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जना आकांक्षी थिए ।

पछिल्लो पटक केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामीबीच सहमति जुटाउन नेताहरू लागेका थिए । अध्यक्ष प्रचण्डसहितको छलफलपछि ओलीको नाममा सहमति जुटेको बताइएको छ । कुँवर वर्तमान समितिमा उपाध्यक्ष हुन् भने पुलामी सचिव हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  १० : २६ बजे