३ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025

इजरायल र इरानमा वैदेशिक रोजगारी वा भ्रमणमा नजान आग्रह



सरकारले इजरायल र इरानमा वैदेशिक रोजगारी वा भ्रमणमा नजान आग्रह गरेको छ । दुई देशबीच द्वन्द्व चर्किंदै गएपछि सरकारले ती दुवै देशमा नजान आग्रह गरेको हो ।

बुधबार परराष्ट्र मन्त्रालयले यात्रा जानकारी (ट्राभल एडभाइजरी) जारी गर्दै हाललाई ती मुलुकमा जाने योजना समेत नबनाउन आग्रह गरेको हो ।

‘इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्र तथा यात्रा नगर्नुहुन्,’ एड्भाइजरीमा भनिएको छ, ‘इजरायल र इरान बाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नुहुन्।’

त्यस्तै सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई त्यहाँको सरकारले दिएका निर्देशन पालना गर्न र सकेसम्म सुरक्षित ठाउँमा रहन पनि आग्रह गरेको छ । ती देशबाट नेपाल फर्किन चाहानेको विवरण संकलन गरिरहेको समेत मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा ५ हजार ५ सयको हाराहारी र इरानमा करिब एक दर्जन नेपाली रहेको बताएका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : २६ बजे