३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

भिजिट भिषाको छानविनको लागि उच्चस्तरीय समिति गठन



सरकारले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन हुने अनियमितताका सम्बन्धमा छानबिन गर्नका लागि पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिवसमेत रहेका वैरागीको नेतृत्वमा ‘अध्यागमन र भिजिट भिसाको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ गठन गरेको हो ।

समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरू रहने व्यवस्था गरिएको एक मन्त्रीले जानकारी दिए । गृह, श्रम, संघीय मामिला, परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको हो ।

समितिलाई ३ महिनाको कार्यादेश दिइएको ती मन्त्रीले जानकारी दिए ।

भिजिट भिसा प्रकरणको छानिबन गर्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी माओवादीबीच जेठ ३० मा दुई बुँदे सहमति भएको थियो । उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग माग गर्दै रास्वपा र राप्रपाले संसद्‌मा अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : ३८ बजे