३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा अध्यक्षको उम्मेदवार हुन पाँच लाख रुपैयाँ शुल्क



बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुन पाँच लाख रुपैयाँ शुल्क तोकिएको छ ।

त्यसैगरी उपाध्यक्षका लागि ३ लाख ५० हजार. महिला र युवा उपाध्यक्षका लागि १ लाख ७५ हजार रुपैयाँ तोकिएको छ भने महासचिवका लागि ३ लाख र उपमहासचिवका लागि २ लाख ७५ हजार तोकिएको छ । सचिव र कोषाध्यक्षका लागि २ लाख ५० हजार तोकिदा महिला सचिवमा लागि १ लाख २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

आगामी अक्टोबर ११ देखि १३ तारिखसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि बुधबारसम्म ५६ देशबाट ४ हजार ६५९ जनाले प्रतिनिधिका लागि नाम दर्ता गराएको बताइएको छ । दर्ता भएका नामावलीलाई राष्ट्रिय समितिहरूले प्रमाणीकरण गरेपछि अन्तिम रूप दिइनेछ ।

संघको विधानअनुसार यस महाधिवेशनमा वर्तमान कार्यसमिति, पूर्वपदाधिकारी, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का वर्तमान र पूर्वसदस्यहरू प्रतिनिधि बन्न पाउने व्यवस्था छ। प्रमाणीकरणपछि करिब ३ हजार ४०० प्रतिनिधिलाई मात्र मतदानमा सहभागी गराइने एनआरएनएले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १० : ०९ बजे