नर्थक्यारोलिनाको आरटिपि क्षेत्रमा फुटबल खेलमा रुचि राख्ने युवाहरु मिलेर हालै हिमालयन फुटबल क्लब खोलेको छ । क्लबमा विशेष गरि क्यारी र मोरिसभिल आसपासका युवाहरु फुटबल खेल्ने क्रममा जोडिएका छन । क्लब खोलेको दुई महिनापछि आइतबार पिकनिक कार्यक्रमको आयोजना गरि क्लबको सदस्यहरुलाई जर्सि वितरण गरेका थिए । क्लब फुटबल खेलाडी टंक सेलिङ र भुपाल कोइरालाको सक्रियतामा खोलिएको हो ।
‘ शारिरिक अभ्यास गदै जाने क्रममा धेरै सदस्य हुन थालेपछि हामीले क्लब खोलियो’ । क्लबको अध्यक्ष् कोइरालाले भने ‘आपसमा खेल्दै नेपालीको मौलिक सस्कृति जर्गेना गर्ने लक्ष्य अनुरुप बेला बेलामा हामीले खेल प्रतियोगिता आयोजना गर्ने योजना बनाएका छौ’ । उनका अनुसार क्लबमा ५१ जना सदस्यहरु छन । क्लबलाई रियाल्टर जितमान बस्नेतले जर्सि प्रयोजन गरेका थिए । कार्यक्रममा उक्त जर्सि बस्नेतकै हातबाट सदस्यहरुलाई वितरण गरेका थिए ।
उक्त कार्यक्रममा रियाल्टार बस्नेत, होपेक्स फुटबल समुहका क्याप्टेन विकास सापकोटा र फुके नेपाली सकर क्लबका सस्थापक, क्याप्टेन आङछिरिङ शेर्पाले नेपाली समुदायमा युवालाई प्रोत्साहन गर्ने उद्धेस्यले क्लब खोलेकोमा खुसी व्यक्त गदै क्लबको प्रगतिको शुभकामना मन्तव्य दिएका थिए । उक्त अवसरमा सामाजिक अभियान्त डा चिरिन्जीवी भट्टाराई, फुके नेपाली सकर क्लबका सस्थापक प्रविन खानिया, गर्नर फुटबल समुहका क्याप्टेन प्रभात बस्नेत र योलो फुटबल समुहका क्याप्टेन प्रदिन मगरको उपस्थिति रहेका थिए । नर्थक्यारोलिनाको आरटिपि क्षेत्रमा होपेक्सले दशै कप गदै आइरहेको छ भने आगामी दिनमा हिमालयन क्बलले ल्होसार कप आयोजना सोच बनाएको अध्यक्ष कोइरालाले बताए ।








