सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका मागसहित २०८२ भदौ २३ र २४ गते जेन–जी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको छ । यो निर्णय सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
सरकारले ती व्यक्तिहरू देशमा सुशासन, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका हुनाले उनीहरूको योगदानलाई सम्मानस्वरूप सहिद घोषणा गरिएको जनाएको छ ।
मन्त्रिपरिषद्का अनुसार सहिद घोषित व्यक्तिहरूका परिवारलाई सरकारले आवश्यक राहत, सम्मान र सहयोगका कार्यक्रम ल्याउने तयारी गरेको छ । सरकारले यसअघि पनि जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीबीच भएको झडपका विषयमा छानबिन समिति गठन गरिसकेको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सहिद घोषणा गरिएका ४५ जनाको नामावली यस प्रकार छः
१. बुद्धिबहादुर तामाङ — किर्तिपुर–२, काठमाडौं
२. सन्तोष विश्वकर्मा — बेलका–४, उदयपुर
३. सुलभ राज श्रेष्ठ — नेपालगञ्ज–१, बाँके
४. श्रीयम चौलागाई — बेलबारी–११, मोरङ
५. ईस्वत बहादुर अधिकारी — का.म.पा.–११, काठमाडौं
६. आयुष थापा — नेपालगञ्ज–१, बाँके
७. गौरव जोशी — धनगढी–५, कैलाली
८. योगबहादुर श्रेष्ठ — बारविसे–६, सिन्धुपाल्चोक
९. माधव सारू मगर — भूमिकास्थान–४, अर्घाखाँची
१०. बिमल बाबु भट्ट — बारपाक सुलिकोट–५, गोरखा
११. असहाव आलम ठकुराई — विरगञ्ज–१२, पर्सा
१२. सौरन किशोर श्रेष्ठ — बाग्लुङ–४, बाग्लुङ
१३. सुभाष कुमार बोहरा — खप्तडछान्ना–७, बझाङ
१४. रसिक खतिवडा खत्री — पनौती–१०, काभ्रे
१५. बिनोद महर्जन — ललितपुर–७, ललितपुर
१६. दिल नारायण तामाङ — तिमाल–७, काभ्रे
१७. योगेन्द्र न्यौपाने — गोलान्जोर–१, सिन्धुली
१८. अभिषेक श्रेष्ठ — इनरुवा–६, सुनसरी
१९. मोहन सरदार — इटहरी–१४, सुनसरी
२०. छत्रमान कुथुमी — पाख्रिबास–२, धनकुटा
२१. ओझन बुढा — स्वामिकार्तिक खापर–२, बाजुरा
२२. साजन राई — धरान–२२, सुनसरी
२३. अनिश पराजुली — पालुङटार–३, गोरखा
२४. सारकुमार राई — चौदण्डीगढी–३, उदयपुर
२५. अर्जुन भट्ट — गण्डकी–४, गोरखा
२६. धिरज श्रेष्ठ — तादी–३, नुवाकोट
२७. देव कुमार सुवेदी — लालबन्दी–५, सर्लाही
२८. उमेश महत — चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक
२९. प्रविण कुलुङ — सिलिचुङ–३, संखुवासभा
३०. निखिता गौतम — कालिका–८, चितवन
३१. अभिषेक चौलागाई — शैलुङ–४, दोलखा
३२. विजय चौधरी — लहान–१५, सिरहा
३३. भीमराज धामी — दुर्गाथली–१, बझाङ
३४. निरज पन्त — दशरथ–६, बैतडी
३५. दीपक सिंह साउद — शिवनाथ–२, बैतडी
३६. शुभराज बलामी श्रेष्ठ — ककनी–१, नुवाकोट
३७. ज्ञानिन्द्र सेढाई — अर्जुनधारा–११, झापा
३८. दिनेश राजवंशी — अर्जुनधारा–८, झापा
३९. कमल भण्डारी — हिलिहाङ–२, पाँचथर
४०. दिपेश सुनुवार — तिनपाटन–६, सिन्धुली
४१. महेश बुढाथोकी — विगु–३, दोलखा
४२. लच्छुमान राई — पञ्चकन्या–२, नुवाकोट
४३. मिलन राई — दुधौली–८, सिन्धुली
४४. अमृत गुरुङ — रुपा–५, कास्की
४५. उत्तम थापा — लेकाम–३, दार्चुला








