गृहमन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ५८ उच्च पदस्थ कर्मचारीहरुको सरुवा गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार ती अधिकारीहरुको सरुवा गरिएको हो । सरुवा हुनेमा सहसचिव र उपसचिवस्तरका अधिकारीहरू रहेका छन् । सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीहरूमा बद्रीनाथ गैह्रे – गुल्मी, आनन्द साह – दैलेख, बासुदेव दाहाल – पाँचथर, गंगा बहादुर क्षेत्री – रोल्पा, दीपक पौडेल – जुम्ला, कल्पना घिमिरे – डोटी र अजिता शर्मा – मुस्ताङ रहेका छन् ।
त्यस्तै, विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर भएका छन् । सरुवा गरिएका अधिकारीहरुको पूर्णविवरण यस्तो छ:















