४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

नर्थक्यारोलाइनको आरटिपिमा पहिलो ल्होसार कप हुदै




नेपालीको महान तथा राष्टिय चाड ल्होसारको अवसरमा नर्थक्यारोलाइनको आरटिपि क्षेत्रमा पहिलो ल्होसार कप हुन लागेको छ । आरटिपि क्षेत्रमा बसोबास गदै आइरहेका १ सय २० जना नेपाली फुटबल खेलाडीहरु वीच हुन लागेको प्रतियोगिता फुके नेपाली फुटबल क्बलकाृे आयोजनामा हुन लागेको छ ।

त्यस्तै सहआयोजकको रुपमा हिमालयन फुटबल क्बल, होफेक्स र योलो फुटबल समुह रहेका छन । विभिन्न ८ टिमको वीच हुन लागेको कप आगामी फेबररी १४ देखि मार्चको ७ तारिखसम्म हुने भएको छ । प्रतियोगितामा बौद्धनाथ एफसि, स्वयम्भुनाथ एफसि,पशुपतिनाथ एफसि,लुम्बिनी एफसि, मन्जुश्री एफसि, नमोबुद्धएफसि, मुक्तिनाथएफसि र भैरवनाथएफसि टीमको नाम राखिएको छ ।

प्रतियोगिता धेरैजसा खेल एपेक्सको नेचर पार्क र फाइनल प्लेजेन्टपार्कमा हुने भएको छ । आरटिपि क्षेत्रमा लामो समयदेखिन दशैको अवसरमा होफेक्सले आरटिपि दशै कप आयोजना गदै आएको छ । त्यस्तै यो पटकदेखिन एभरेष्ट क्रिकेट क्लबले सानो साइजमा न्युइयर कप हुर्दै आएको छ ।      

प्रकाशित मिति : ३ माघ २०८२, शुक्रबार  ८ : ४९ बजे