आसन्न निर्वाचनको उत्साहसँगै पछिल्ला २० दिनमा ८ लाख ८४ हजार ९५ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। यात्रु बाहिरिने क्रम तीव्र हुँदा उपत्यकाका सडकहरू यतिबेला प्रायः सुनसान देखिएका छन्।
काठमाडौं प्रहरीले निर्वाचनका कारण उपत्यकाबाट बाहिरिनेको संख्या बढेको जनाएको छ ।
अधिकांश ट्राफिक प्रहरी निर्वाचन सुरक्षामा खटिएकाले सीमित जनशक्तिबाट ट्राफिक व्यवस्थापन भइरहेको छ। कतिपय स्थानमा निर्वाचनमा खटिएका प्रहरीले पनि ट्राफिक व्यवस्थापनमा सघाइरहेका छन्।
उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई नागढुंगा, बालाजु, सामाखुसी, भक्तपुरको जगाती तथा ललितपुरको फर्पिङ र चापागाउँ नाकामा जाँच गरी यात्रुलाई सचेत गराएर मात्र पठाउने गरिएको छ। “विशेषतः मोटरसाइकल र स्कुटरमा जाने यात्रुलाई तीव्र गतिका कारण हुने दुर्घटनाबारे सचेत गराएका छौं,” प्रगरीले भनेको छ, “मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन र तीव्र गतिमा नचलाउन आग्रह गर्दै पठाउने गरेका छौं।”
ट्राफिक प्रहरीका अनुसार बुधबार उपत्यकाबाट बाहिरिने यात्रु तथा सवारीसाधनको संख्या पातलिएको छ। बिहीबार हुने निर्वाचनका कारण बुधबार राति १२ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लाग्ने भएकाले मध्यम दूरीका सवारीसाधन मात्र बाहिरिएका छन्। मोटरसाइकल र स्कुटरमा बाहिरिने यात्रुको यकिन तथ्यांक भने उपलब्ध छैन।
गोंगबुको नयाँ बसपार्कका अनुसार अनुसार १७ फागुनमा सबैभन्दा धेरै यात्रु बाहिरिएका थिए। आइतबार मात्रै ४ सय ८० यात्रुवाहक गाडी बसपार्कबाट बाहिरिएका थिए, सामान्य अवस्थामा दैनिक ३ सयदेखि साढे ३ सय गाडी बाहिरिन्छन् । बुधबार बिहान केही सवारीसाधन बाहिरिएका छन्। राति १२ बजेदेखि सवारीसाधन चलाउन नमिल्ने भएकाले मध्याह्नदेखि काउन्टर मतदान अवधिभरका लागि बन्द गरेका छौं। बसपार्क अहिले सुनसान छ।
शुक्रबारयता बसपार्कबाट करिब डेढ लाख यात्रुले टिकट काटेका छन्। मतदान सकिएपछि बिहीबार साँझबाट मात्र सवारीसाधन सञ्चालन गर्न पाइनेछ। निर्दवाचनमा पनि सैंझैँ भीड देखियो, धेरै सार्वजनिक बिदा पनि पर्यो, बाहिरिने अधिकांश यात्रु मतदान गर्न जानेहरू नै थिए। मंगलबार मात्रै ३ सय यात्रुवाहक सवारीसाधन बाहिरिएको र बुधबार बिहान पोखरा, बुटवल र भैरहवाका लागि १५ वटा बस मात्र छुटेको बताईएको ऱ्छ ।








