२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि: पेट्रोल लिटरको १७२ र डिजेल १५२ रुपैयाँ पुग्यो



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ । निगमको पछिल्लो निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो । निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ ।

बढेको नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमको नयाँ मूल्यसूची अनुसार अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ। त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र निगमको आर्थिक स्थितिलाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको निगम स्रोतले जनाएको छ । यस वृद्धिले सार्वजनिक यातायात र दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत चाप पर्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : ४७ बजे