२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

भदौ ७ देखि पोखराबाट फ्लाई दुबईको दैनिक उडान सुरु हुने



संयुक्त अरब इमिरेट्स (यूएई)को कम लागतको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी भदौ ७ गते (सेप्टेम्बर २३) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई पोखरा–दुबई नियमित उडानका लागि अनुमति प्रदान गरेको छ ।

प्राधिकरणका अनुसार फ्लाई दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ विमानमार्फत सेवा सञ्चालन गर्नेछ । दुबईबाट उडेको विमान साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने ७:१५ बजे पुनः दुबईका लागि प्रस्थान गर्ने तालिका तय गरिएको छ । पोखरा–दुबई उडान अवधि करिब पाँच घण्टाको रहने जनाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा कम्पनीलाई एक महिनाका लागि उडान अनुमति दिएको जनाएको छ ।

मेयर आचार्यका अनुसार केही दिनअघि फ्लाई दुबईको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा निरीक्षण गरेपछि नियमित उडान सञ्चालनको प्रक्रिया अगाडि बढेको हो ।

गत मंगलबार फ्लाई दुबईका जोखिम व्यवस्थापन उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १० : ०१ बजे