१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

नेतालाइ निर्वाचनमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन


२५ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

बिहिबार नेपाल विद्यार्थी सङ्घले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गरेका हुन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनुपर्ने भन्दै निर्वाचनमा लाग्न नेता, कार्यकर्ता तथा विद्यार्थीलाई निर्देशन दिए । देउवाले भने – “निर्वाचन जिताउन विद्यार्थीहरुको ठूलो भूमिका हुन्छ, तपाईंहरु निर्वाचनमा लाग्नुहोस् ।”

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट हाल्नका लागि विद्यार्थीले जिल्ला जिल्लामा गएर जनचेतना फैलाउनु जरुरी रहेको बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७४, बिहिबार  ४ : ०१ बजे