३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

हेलिकप्टर दुर्घटनामा निधन भएका आङ छिरिङ शेर्पाको पनि अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती


१९ फाल्गुन २०७५, आइतबार  

0
Shares

शुभप्रभात राई / काठमाडौं

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको पनि आईतबार अन्त्यष्टि गरिएको छ ।

हेलिकप्टर दुर्घटनामा परी गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आईतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्यष्टि गरिएको हो ।

पर्यटन व्यवसायीको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित भएका शेर्पाको अन्त्यष्टिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु सहभागी भएका थिए ।

विमान चालकहरुको समेत उल्लेख्य सहभागिता रहेको शेर्पाको अन्त्यष्टिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेस उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराई, विभिन्न राजनीतिक दलहरु सांसदहरुको पनिसहभागिता रहेको थियो ।

शेर्पासँगै गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहित अन्य ६ जनाको गत शुक्रबार नै अन्त्यष्टि गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ४ : ०९ बजे