९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

नर्थक्यारोलिनामा पहिलो ल्होसार सकर कप




नेपालीको राष्ट्रिय महान चाड ल्होसारको अवसर पारेर नर्थक्यारोलिनामा पहिलो ल्होसार सकर कप सम्पन्न भयो । फुके भरिना नेपाली सकर क्लबले आयोजना गरेको ल्होसार कप एपेक्सको प्लेजेन्ट पार्कमा भएको थियो । प्रतियोगितामा सेतो टिम विजयी भएका छन । निलो समुह दोश्रो भएका छन । विजयी टिम र दोश्रो हुने टिमलाई एनसिएनसिका अध्यक्ष डा विकास शाक्यले ट्रफी र पदक वितरण गरेका थिए ।

त्यस्तै हिमालयन कम्युनिटिका धर्म गुरु गेसी साङपोले खेलाडीहरुलाइ खादा लगाई आर्शीवाद दिएका थिए । प्रतियोगिता गत मार्च २३ र मार्च २९ दुई दिन भएको थियो । पहिलो दिनको खेलमा सेतोले ४ र निलोले २ गोल गरेका थिए । तर दोश्रो दिनको प्रतियोगितामा दुबैले बराबारी १ गोल गरिएको थियो । अघिल्लो खेलमा प्राप्त गोल संख्याको आधारमा सेतो बिजेता घोषणा गरिएको थियो । फुके नेपाली सकर क्बलले गत वर्ष दशै तिहार सकर कप प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ९ : ४१ बजे