१० असार २०८३, बुधबार | Wed Jun 24 2026

एनआरएन अमेरिकाको निर्वाचनमा शाह निर्वाचित


NP

३ भाद्र २०८२, मंगलबार  

0
Shares


विवाद र विभाजनको वीच एनआरएन अमेरिकाको निर्वाचन सम्पन्न भयो । निर्वाचनले सत्यन्द्र शाह अध्यक्षमा निर्वाचित भएका छन । एक महिना अघि बद्री केसी समुहले निर्वाचननै नगरि निर्विरोध कार्यसमिति घोषणा गरेको लगतै अगष्ठको १७ र १८ को दिन भएको निर्वाचनमा १३ हजार १ सय ७७ मतदाताले मतदान गरेका थिए । निर्वाचनमा शाहसंगै रामहरि अधिकारी र भानु खरेल पनि अध्यक्ष पदको लागी प्रतिष्प्रर्धा गरिेको थियो ।


निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा सन्तोष पहारी, उपाध्याक्षमा आङछिरिङ शेर्पा, प्रदीप चौलागाई,डा गंगाधर आचार्य र सुरेन्द्र लोडारी निर्वाचित भएको छ । त्यसैगरि महासचिवमा मोहन न्यौपाने, सचिवमा सुर्य वास्ताकोटी, कोषाध्याक्ष्मा रविन्द्र उप्रेती र युवा संयोजकमा संसार चौलागाइ र महिला संयोजकमा करिना कुंवर निर्वाचित भएका छन ।त्यस्तै महिला सचिवमा लक्ष्मी थापा र सहकोषाध्याक्ष्मा मोहन कुसारी निर्विरोध निर्वाचित भएकी छन ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : ३१ बजे