६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

‘सेमरिन मुला माया’ प्रदर्शन सम्पन्न


१६ भाद्र २०७५, शनिबार  

0
Shares

काठमाडौं– तराईबाट प्रदर्शन यात्रा थालेको तामाङ कथानक फिल्म ‘सेमरिन मुला माया’ (मनकै छ माया) शनिबार राजधानीमा देखाइएको छ । सञ्जय हुत्त लामाको निर्देशन रहेको फिल्म बौद्धस्थित सिद्धार्थ हलमा देखाइएको हो । सर्लाहीको हरिऔन सिनेमाघरमा केहीअघि देखाइएको थियो ।

यसअघि ‘क्राबा ङाला सेम’ (रोएको मेरो मन) बनाएका सञ्जयको तामाङ बाहुल्य रहेको प्रदेश नं ३ का विभिन्न जिल्लामा पनि फिल्म लैजाने बताए । शनिबार बौद्धमा तामाङ दर्शक खचाखच थिए । फिल्म आगामी पुस १३ देखि अल नेपाल रिलिज हुँदै छ । मातृभाषी फिल्महरुले नियमित हल नपाइएको गुनासो भइरहेको बेलो मूलधारका वितरकहरुमार्फत तामाङ फिल्मको अल नेपाल रिलिज हुन लागेको हो ।

‘यसरी वितरकहरुको प्रोसेसबाट रिलिज हुन थालेको यो पहिलो तामाङ फिल्म हो,’ निर्देशक सञ्जयले भने, ‘‘मातृभाषी फिल्मकर्मीका लागि यो सुखद अवसर हो ।’ विभिन्न मातृभाषी फिल्मकर्मीहरुले आफ्ना फिल्मलाई व्यावसायिक हलहरुले नियमित सो दिनुपर्ने माग उठाउ“दै आएका छन् । राष्ट्रिय चलचित्र नीतिले पनि मातृभाषी फिल्मलाई स्थानगत बाहुल्यका आधारमा हल उपलब्ध गराउनुपर्ने ‘सकारात्मक विभेद’ को नीति अवलम्बन गरेको छ ।

फिल्म ‘सेमरिन मुला माया’ मा भने सञ्जयले स्वा“गेभाइ (सहगोत्री) विवाहको मुद्दा उठाएका छन् । थर प्रणाली थाहा नुह“दा पछिल्लो समय तामाङ समुदायको युवा पुस्ताको प्रेममा आइपरेको बाधालाई फिल्मले सांस्कृतिक रंगसहित उठाएको छ । आफूले सकभर तामाङ सामाजिक र सांस्कृतिक परिवेशलाई फिल्ममा समेटेको सञ्जयले दाबी गरे ।

अभिनेता सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको फिल्ममा उनी आफैं पनि खेलेका छन् । खुसी घिसिङ, संगीता दोङ, भीम तामाङ, राजु झक्कास वाइबा, कमल लोप्चन, कमल योञ्जन, निमा दोङ, रुचिका गोले र निक्की दोङ लगायतको अभिनय छ । मुस्ताङ, नुवाकोट र काठमाडौंमा खिचिएको फिल्म सम्झना तामाङ र लोसाङ लामा (इशान) ले निर्माण गरेका हुन् । निर्देशनमा सञ्जयलाई अर्जुनले सघाएका छन् । सञ्जयकै कथामा बनेको फिल्ममा रामेश्वर जिरेलको छायांकन, राजु दोङको द्वन्द्व रहेको छ भने अजय स्याङ्तान र दीपक तामाङको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार  १० : ४२ बजे