६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मल्टिमिडिया अवार्ड हात पार्दै, शृंखला मिस वल्डको ‘फाइनल राउण्ड’मा


१८ मंसिर २०७५, मंगलबार  

0
Shares

कामठाडौं। मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् ।

शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।
यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् ।

हेड टु हेड च्यालेन्जमा पराजित भए पनि उनी मल्टिमिडिया अवार्डमा बाजी मार्दै मिस वर्ल्डका लागि एक कदम अघि बढ्न सफल भएकी हुन् ।
मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८ मा हुँदैछ । यो खबर अन्नपुर्ण पोष्टमा छ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार  ७ : ४८ बजे