६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

अोलीले क्रिकेट खेलको उदाहरण दिदैं भने-भरतपुरमा देवी ज्ञवालीले जितिसक्यो


२३ जेष्ठ २०७४, मंगलबार  

0
Shares

काठमाडाैं ।  पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा अोलीले संसदमा बोल्दै भरतपुरको मेयरमा देवी ज्ञवालीले जितिसकेको दाबी गरेका छन् ।

अोलीले सन् १९९६ मा भएको भारत र श्रीलंकाको क्रिकेट खेललाइ उदाहरण दिदैं ज्ञवालीलाइ विजयी गराउनु पर्नेसमेत बताए । उनले भने, ‘भारत-२५२, श्रीलंका-५२ मात्र ल्याउँदा भारतीयले अाफ्नो ग्राउन्डमा होहल्ला गरे अनुमानको अाधारमा श्रीलंकालाइ विजयी बनायो ।’ यसअनुसार भरतपुरमा सरकारकै मान्छेको योजनामा तज्जुप भएको बताए ।

संसदमा एकघन्टा २० मिनेट बोल्दै दोस्रो चरणको निर्वाचनप्रति लक्षित गर्दै पार्टी मधेसविरोधी नरहेको दाबीसमेत गर्न भ्याएका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार  ४ : १३ बजे