६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

न्युयोर्कमा प्रसाद देखाउने


Ang

१९ पुस २०७५, बिहिबार  

0
Shares

नेपाली समाजको घटनामा आधारित कथानाक चलचित्र प्रसाद आगामी फेबररी ३ तारिख न्युयोर्कमा प्रर्दशन गरिने भएको छ । उक्त चलचित्र मोक्तान डिजिटलले अमेरिकाको विभिन्न राज्यहरुमा प्रर्दशनको जिम्मा लिएको छ । न्युयोर्कमा गुल्सन टेरेसको हलमा दुई सो देखाउन लागेकेा जानकारी मोक्तन डिजिटलको प्रोप्राइटर शम्भु मोक्तानले बताए । उनका अनुसार चलचित्र हेर्न आउनेहरुको लागी निशुल्क चिया वा कफिको पनि व्यवस्था गरेको छ । न्युयोर्कपछि अन्य राज्यहरुमा देखाउने योजना रहेको उनले बताए ।  दिनेश राउतको निर्देशन तथा सुवास थापाको निर्माणमा बनेको यो चलचित्रमा निश्चल बस्नेत, नम्रता श्रेष्ठ र विपिन कार्कीको अभिनय रहेको छ ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ८ : ०५ बजे