६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

गायक तथा संगीतकार बास्कोटाले लवकबासीलाई नचाए ।


Ang

२७ पुस २०७५, शुक्रबार  

0
Shares

अमेरिकाको विभिन्न शहरहरूमा आफनो प्रस्तुति दिने सिलसिलामा गायक एवं संगीतकार कालिप्रसाद देवकोटा टेक्सासको लवकमा आएर सवैलाई नचाएका थिए । कार्यक्रम प्रस्तुत गर्ने क्रममा स्थानीय लबकको दर्शकहरुले दिएको माया र सम्मानले आफुले सगरमाथा चढेको जतिकै महसुस भएको उनले बताएका थिए । ‘ यहाका नेपालीहरूबाट आफुले प्राप्त गरेको माया र सम्मानले उचाईमै पुगेको महसुस भयो’ गायक देवकोटादले बताए । लवकमा बसोबास गदै आइरहेका नेपाली समुदायको निम्तोमा उनी गत जनवरी ६ तारिख आईतबारका दिन आयोजित कार्यक्रममा सांगितिक प्रस्तुतीका लागी त्यहा पुगेका थिए । यसअघि स्थानिय कलाकारहरूको प्रस्तुति मात्र देखेका लबकका नेपालीहरूले कालिप्रसादलाई पहिलो पटक भेट्न पाएकोमा हषिर्त देखिए ।

गायक बास्कोटा जस्तो राष्ट्रीय कलाकारलाई भेट्न पाउनु समुदायकै गौरबको विषय रहेको स्थानीय पुराना वासिम्दा रेशम घर्तिले वताए । युवा व्यवसायी चन्द्र श्रेष्ठले कालिप्रसाद बाष्कोटा जस्तो राष्ट्रीय कलाकारको प्रस्तुति हेर्न पाउनु आˆना लागी सौभाग्य भएको वताए । करिब ३ सय नेपालीहरू रहेको लवकमा राष्ट्रीय स्तरको कलाकारको प्रस्तुति हेर्न पाएकोमा धरैजना खुशी भए ।
नया बर्षको अवसर पारेर यहास्थित नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा गायक एवं संगीतकार बास्कोटाले उपस्थित सवैलाई आफुसंगै नचाएका थिए । विशुद्ध मनोरन्जनको उद्देश्यका लागी लवकस्थित सेन्टरप्वाईन्ट ईभेन्ट सेन्टरमा वेलुकी आयोजना गरिएको उक्त मनोरन्जनात्मक कार्यक्रममा उपस्थित दर्शकहरूले भरपूर मनोरञ्जन लिएका थिए । पत्रकार एवं नेजाका निवर्तमान अध्यक्ष पत्रकार भोला आचार्य सहित डा प्रकाश श्रेष्ठ, लवक नेपाली समाजका पूर्व अध्यक्ष समेत रहेका बरिष्ठ माधव पाण्डे, प्रविण सापकोटाको संयुक्त पहलमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको हल व्यवस्थापनको जिम्मा युवा व्यवसायि श्रेष्ठले लिएका थिए भने लवक नेपाली समाजले पनि कार्यक्रमलाई सहयोग गरेको कार्यक्रम संयोजक पत्रकार आचार्यले वताए ।

टेक्सासकै अस्टिन शहरको आफनो प्रस्तुति सकेर भोलीपल्टै लवकमा देखिएका पछिल्लो समयका लोकपि्रय गायक कालिप्रसाद बास्कोटाले ओडाउला पीरतिको वर्को तिमिलाइ, नीर जैले रिसाउने, पारी त्यो डाडामा घाम लाग्यो घमाईले, साईली ,लप्पन छप्पन जान्दिना म लगायतका चर्चित गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा गायक एवं संगीतकार बास्कोटाले स्टेजमा गीत गाईरहादा दर्शकहरू सीटबाट उठेर स्टेजमै नाच्न पुगेका थिए । उनका हरेक गीतहरू सकिन नपाउदै पुन गाउन दर्शकहरूले दवाव दिएका थिए । उनीहरू वास्कोटासगै स्वर मिलाउदै नाचेर खुवै रमाएको देख्न सकिन्थ्यो ।

कार्यक्रममा बास्कोटाको प्रस्तुतिका साथै मिस नेपाल युएसए २०१८ की प|mस्ट रनरअप पोशा जिटीले वनकी चरि बोलको आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन भने प्रविण सापकोटाले गायक दिपक बज्राचार्यको नया’ चर्चित गीत मन मगनमा आफनो प्रस्तुति दिएका थिए । यसका साथै स्थानिय कलाकारहरू नीता घर्ति, प्रशंसा घिमिरे र कृतिका गौतमले आकर्षक नृत्य पस्केका थिए । कार्यक्रमको मूल्यााकनसमेत गर्न भ्याएका धेरै दर्शकहरूले यसप्रकारको कार्यक्रम प|mस्टटाईम इन लवक भन्दै खुशी व्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा न्युयोर्कदेखी आएका डिजे सुर्य खड्काले दर्शकहरूलाई थप नचाएका थिए । पत्रकार भोला आचार्यको उद्घोषण रहेको उक्त कार्यक्रममा झण्डै डेढसय दर्शकको उपस्थिति रहेको थियो । डिसेम्बर २९ मा वासिंगटनको सियाटल र अघिल्लो दिन टेक्सासकै अस्टिन शहरमा आफनो प्रस्तुति दिएका उनले लवकको कार्यक्रमपछी हृयुस्टन लगायतका शहरहरूमा कार्यक्रम गरिने भएको छ ।

फोटो र भिडियो प्रविण सापकोटा

 

प्रकाशित मिति : २७ पुस २०७५, शुक्रबार  १० : ३९ बजे