७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

संस्थालाई गर्व गर्ने लायकको बनाउनु मेरो पहिलो प्राथमिकता : सुनिल साह


६ बैशाख २०७६, शुक्रबार  

0
Shares

जनकुपुरमा जन्मेका सुनिल शाह टेक्सासमा कम्प्युटर इन्जिनियरको रुपमा कार्यरत छन । जनकुपरको हाइस्कुल सकेपछि काठमाडौस्थित पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन पुरा गरि उनी सन २००४ मार्सटड डिग्रीको अध्ययनका लागी अमेरिका आएका थिए । अमेरिका आए लगतै फलोरिडास्थित एटलान्टीक युनिभर्सिटिबाट एमविइ गरेपछि उनी पेशागत रुपमा कम्प्युटर इन्जिनियरको रुपमा विगत ६ बर्षदेखिन टेक्सासमा बस्दै आएका छन । एनआरएनए अमेरिकामा निर्वाचन कमिटिको सदस्य र त्यसपछि सल्लाहकार र अहिले बरिष्ठ उपाध्याक्ष साहले गैरआवासीय नेपाली संघ(एनआरएनए), अमेरिकाको आगामी नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेद्धवरि दिएका छन् ।  आगामी मे महिनाको १८ तारिखमा हुन निर्वाचनको लागि उनी यतिखेर मतदातामाझ भोट माग्न व्यस्त छन् । नेतृत्वकै लागि साहले एक महिना अघि टेक्सासबाट उमेद्वारी घोषणा गरेका हुन् । उनै अध्यक्षका उम्मेदवार सुनिल साहसँग एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङछिरिङ शेर्पाले उनको उम्मेदवारी र भावी योजनाबारे गरिएको कुराकानी:

एनआरएनएमा कहिलेदेखि लाग्नु भयो ?
म अमेरिका आएदेखि नै एनआरएनएको हरेक गतिविधिसँग नजिक हुँदै आएको छु । यसै क्रममा सन् २०११ को निर्वाचन कमिटिको सदस्यको जिम्मेवारी पुरा गरी सन् २०१७ मा सल्लाहकारको जिम्मेवारीमा केही काम गर्ने मौका मिल्यो । त्यसपछि निरन्तर रुपमा अमेरिकालगायत आइसिसिको हरेक कार्यक्रममा निरन्तर रुपमा लाग्दै आउने क्रममा हाल वरिष्ठ उपाध्यक्ष भएर काम गरिरहेको छु ।

वरिष्ठ उपाध्यक्षसम्म हुँदा एनआरएनए अमेरिकामा के के काम गर्नुभयो ?
म वरिष्ठ उपाध्यक्षको पदमा उमेद्वारी दिँदै गर्दा धेरैतिरबाट सदस्यताबारे धेरै गुनासो सुनेका थिएँ । त्यही गुनासोलाई मध्यनजर राखेर व्यवस्थित रुपमा सदस्यता वितरणका लागि मेरै संयोजकत्वमा सदस्यता वितरणको कार्य गरियो । त्यतिखेरको गुनासोलाई सम्झेर हामीले यस पटक आधिकारिक परिचय पत्र राख्ने निर्णय ग¥यौं । जुन राम्रो पनि भयो । त्यस्तै यसअघि आइसिसिमा प्रतिनिधि लैजाने काम मेरै कार्यकालमा अनलाइनबाट इच्छुक साथीहरुलाई माग गरिएको थियो । त्यसै अनुरुप हामीले प्रतिनिधि लैजान शुल्कसमेत अमेरिकामै बुझाउने प्रयास पनि गरिएको थियो । संस्थामा हुने हरेक गतिविधिबारे सबै सदस्यतासम्म पारदर्शी ढंगले जानकारी दिने उद्देश्य अनुरुप हाम्रै कार्यकालमा सबै माइन्युटहरु सदस्यहरुसम्म पठाउने कार्य गरियो । अमेरिकामा हेल्प डेक्स, नेपाली भाषा र संस्कृतिको संरक्षण प्रर्वद्धनसँगै विभिन्न राज्यहरुमा हुदै आएको नेपाल डे परेडमा पनि हामीले उतिकै सहयोग गर्दै आएका छौं । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मुल नारालाई आत्मसात गरी हामीले नागरिकता निरन्तरतालाई हाम्रो कार्यकालमा विशेष प्रथामिकताका साथ सरकारी र नीति निर्माण तहसम्म एक टोली नै पठाएर माग गर्ने कार्य गरियो । त्यसैगरी हालै तराईमा गएको हावाहुरीमा परेका नेपालीको सहयोगमा हामी जुट्यौ ।

एनआरएनएका सदस्यता वितरण भइरहेको बेला एक्कासी सर्भर डाउन भएकोबारे के भन्नु हुन्छ ?
वास्तवमा सदस्यता वितरण भइरहेको बेला सर्भर डाउन भएको घटनाले हामी सिंगो कार्यसमितिलाई खल्लो बनायो । मलाई पनि दुःख लाग्यो । वास्तवमा त्यो घटना कोही व्यक्ति विशेषको त्रुटिले नभई धेरै सदस्यहरुले एकै पटक सदस्य बन्न खोज्ने बेला सर्भिस प्रोभाइडर गो ड्याडीकै प्रविधिक समस्याले त्यो भएको देखियो । मलाई आशा छ आगामी दिनमा यस्तो हुने छैन ।

तपाईलाई अध्यक्षका लागि मतदाताले किन छान्ने ?
लामो समयदेखि एनआरएनएमा लाग्ने क्रममा मैले धेरै कुरा सिकें । धेरैलाई चिन्ने मौका पनि मिल्यो । प्रवासमा कस्तो एनआरएनए हुनुपर्छ मैले सिकेको र पाएको अनुभव नै आधारशीला बन्यो । म अध्यक्षको उमेद्वार बनिरहँदा केही विषयहरु उठाइरहेको छु । म यसलाई एजेन्डा भन्नु भन्दा पनि हामीले गर्नु पर्ने आवश्यकताको रुपमा लिएको छु । संस्थालाइै गर्व गर्न लायक बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । जसको लागि विभिन्न योजना छन् ।

अग्रजहरुले लामो समयदेखि उठाउँदै आएको नागरिकता निरन्तरतालाई पूर्णता दिन अन्तिमसम्म लाग्ने योजना छ । त्यस्तै नेपालको विकास र समृद्धिमा हामी नेपाल सरकारसँग निरन्तर सम्बन्ध र सहकार्य गर्नुका साथै एनआरएनएमा विद्यार्थीहरुको सहाभागिता बढी गराउने योजना रहेको छ । त्यसैगरी संस्थालाई बलियो बनाउन एनआरएनएलाई अमेरिकी कानुन अनुसार थप मजबुद बनाउनका साथै अमेरिकामा रहेका अन्य संघसस्थाहरु पनि समन्वय गर्दै अबको एनआरएनए समय सापेक्षित रुपमा प्रविधिमैत्री बनाउने योजना छ । त्यस्तै प्रवासमा नेपाली भाषा संस्कृति प्रवद्र्धनमुखी कार्यक्रमलाई अघि बढाउने, मुलधारको सामाजिक कार्यक्रम जस्तै आगामी अमेरिकी जनगणनालाई पनि सहाभागिता जनाउने योजना बनाउनुका साथै अहिलेको कार्यसमितिले गरेको राम्रा कार्यहरुलाई निरन्तता दिनका लागि नेतृत्वमा मेरो दावेदारी हो ।

अन्त्यमा के भन्नु हुन्छ मतदातालाई ?
प्रवासमा रहेका हामी सबै एनआरएन हो । यो संस्थामात्र एक आधिकारिक संस्था हो जसले विदेशमा बस्ने हामी जस्ता सबै नेपालीको समस्या समाधानमा टेवा पु¥याउँदै आएको छ । तपाईहरु सबै सदस्य बन्नु भएकाहरुले मतदानमा भाग लिनुहोस । मेरो एजेन्डा पुरा गर्न तपाईको सहयोगको खाँचो छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ८ : ५९ बजे