१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राजन तामाङको अध्यक्षतामा क्यानडामा तामाङ समाज गठन


१९ असार २०७६, बिहिबार  

2
Shares

टोरोन्टो । राजन तामाङको अध्यक्षतामा क्यानाडामा तामाङ समाज क्यानडाको नयाँ कार्यसमिति गठन भएको छ । ब्रम्टम अन्टरियोमा जुलाई १ मा क्यानाडा डेको अवसरमा पारी आयोजित भेलाले तामाङको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समाज उपाध्यक्षमा बिनु लामा तामाङ , महासचिवमा युवारेन्द्र मोक्तान तामाङ, सचिवमा संजिव मोक्तान तामाङ, कोषाध्यक्षमा सीता तामाङ र सहकोषाध्यक्षमा सानु लामा तामाङ चयन भएका छन् ।

सदस्यहरुमा कमल माम्बा तामाङ, छिरीङ लामा तामाङ, माया मोक्तान तामाङ, बिबि राज लामा तामाङ र उर्मिला लामा तामाङ (माला) रहेका छन् । यसैगरी सल्लाहकारमा डेरिक लामा तामाङ,उर्मिला लामा तामाङ,रामकाजी मोक्तान तामाङ, शोभा तामाङ र दावा लामा तामाङलाई मनोनयन गरेको छ ।

क्यानाडामा रहेका सम्पूर्ण तामाङलाई समाजको सदस्यता बनाउँदै आवद्ध गर्ने र कार्यसमिति को पदाधिकारीहरु बाट बार्षिक रुपमा लेबि उठाउने निर्णय पहिलो बैठकबाट गरेको उपाध्यक्ष बिनु लामा तामाङले बताइन् ।

तामाङ भाषा ,धर्म , कला र संस्कृति जोगाउन र संस्कृति र परम्परालाई सम्वर्द्धन/संरक्षण गर्ने उद्देश्का साथ गत फेब्रुअरी (२०१९)मा तदर्थ समिति गठन गरी भएको थियो ।

गत फेब्रुअरीमा सोनाम ल्होछार (बदेल वर्ग) को अवसर पारी क्यानाडामा रहेका तामाङहरु बिच भेटघाट तथा परिचय कार्यक्रममा तदर्थ समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ९ : ०५ बजे