१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमाले अध्यक्ष ओलीले भने, ‘संविधान संशोधन गर्न सकिन्छ’


४ असार २०७४, आइतबार  

0
Shares

काठमाडौं । राजपाका केन्द्रीय कोषाध्यक्ष अनिता यादवसहित विभिन्न दलका १५ जना एमालेमा प्रवेश कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान गर्न सक्ने वताएका हुन् ।

अध्यक्ष ओलीले सरकारको ध्यान संविधान कार्यान्वयन नभई विपरीत कुरामा गएको आरोप लगाउँदै संविधान औचित्यका आधारमा संशोधन गर्न सकिने तर बलजफ्ती देशलाई अहित पार्ने गरी प्रस्ताव आएमा एमालेलाई मान्य नहुने बताए ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, “तराई मधेसमा एमालेका विरुद्ध अब आरोप लाग्न सक्दैन, हामीविरुद्ध भ्रम छर्ने काम भएको छ, त्यो भ्रमलाई चिर्न जरुरी छ ।”

प्रकाशित मिति : ४ असार २०७४, आइतबार  ५ : २३ बजे