६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

अपाङ्ग साइकल यात्री भण्डारी न्युयोर्कमा


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

अपाङ्गहरुको अधिकार र उनीहरुबारे जनचेतना फैलाउने उद्देश्य लिएर विश्व प्यारा साइकल यात्रा सुरु गरेका कालीप्रसाद भण्डारी न्युयोर्क आइपुगेका छन् ।
तनहुँ पूर्वकोट निवासी भण्डारीले सन् २००९ बाट साइकल यात्रा थालेका हुन् । खेल्ने क्रममा ८ वर्षको उमेरमा लड्दा उनको देब्रे खुट्टा भाँचिएको थियो । उचित उपचारको अभावमा उनी अपांग हुन पुगे । खुट्टाले साथ नदिएपनि बलियो आत्माविश्वासका साथ आफुजस्तै अपाङ्गहरुको मनोबललाई उच्चो बनाउन विश्व साइकल यात्रामा निस्केको बताउँछन् ।
एक खुट्टामा भएको समस्याको कारण उनको खुट्टामा वेग्लै जुक्ता लगाएर कम्मर नढल्कनका लागि कम्मरमा पेटी बाँधेर साइकल चलाउँछन् । उनको यो यात्रालाई फ्रान्सस्थित प्रिकोल नामक संस्था र विभिन्न मुलुकका एनआरएनले आर्थिक सहयोग गर्दै आएको छ ।
‘समाजमा अपाङ्गको शिक्षा, स्वास्थ्य र अधिकारबारे चेतना जगाउनका साथै विश्व शान्तिको सन्देश दिलाउन प्यारा साइकल यात्रामा निस्केको हो’ भण्डारीले एभरेस्ट टाइम्ससँग भने । भण्डारीले न्युयोर्कबाट क्यानाडा र मेक्सिको यात्रा तय गदैछन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ११ : २६ बजे