१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

धोका दिएको भन्दै प्रमिकाले काटिन् प्रेमीको लिंग



काठमाडाैं– काठमाडौंको कपनस्थित डेरामा बस्ने एक युवतीले आफ्नै प्रेमीको लिङ्ग छेदन गरिदिएकी छिन् । प्रेमीले दिएको धोकाको बदला लिन ती युवतीले लिङ्ग छेदन गरेर बताइएको छ ।

प्रेम वियोग पछि आफ्ना प्रेमीलाई अन्तिम पल्ट भेट्न भन्दै कोठामा बोलाएर चक्कुले लिंग छेदन गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

१९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौंडा घर भई हाल बौद्ध बस्ने २१ वर्षीया राजीव सुनुवारको लिंग छेदन गरेकी हुन् ।

सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेशबहादुर सिहंका अनुसार उनीहरू दुवै जना हायात होटलमा काम गर्दै आएका थिए ।

फरक धार्मिक पृष्ठभूमिका उनीहरुको एकै होटलमा काम गर्दा गर्दै प्रेम सम्बन्ध कायम भएको थियो । केटीले विवाहका लागि प्रस्ताव गर्दा केटाले घरबाट फरक धर्मकी केटीलाई अस्वीकार गरेको भन्दै राजीवले विवाह नगर्ने बताएका थिए ।

त्यसपछि उनकी प्रेमीकाले कोठामा बोलाएर लिङ्ग छेदन गरिदिएको प्रहरीले जनाएको छ । प्रहरीले ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ५१ बजे